सुशासन र विकासका काममा रास्वपालाई आफूहरुको पूर्ण साथ रहने : सभापति गगन थापा

सुशासन र विकासका काममा रास्वपालाई आफूहरुको पूर्ण साथ रहने : सभापति गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन र विकासका काममा रास्वपालाई आफूहरुको पूर्ण साथ रहने बताएका छन्। 

केन्द्री समिति बैठकलाई पार्टी कार्यालय सानेपामा मंगलबार सम्बोधन गर्दै थापाले नेपालमा सुशासन, विकास र सेवाप्रवाहको गति पहिलाको भन्दा चार गुणा हुनुपर्ने भन्दै प्रतिपक्षमा रहे पनि सरकारालई आफूहरुको साथ रहने बताएका हुन्।

‘अब सुशासन, विकास र सेवाप्रवाह तीब्र गतिमा जानुपर्छ तर दुर्घटनामा पर्नुहुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षका निम्ति ड्राइभिङ सिटमा बस्ने जिम्मेवारी पाएको छ।’ थापाले भने, ‘यसमा नेपाली कांग्रेसको पूर्ण साथ रहन्छ। गति बढाउने ठाउँमा दबाब हुन्छ, अफ्ठेरो ठाउँमा प्रोत्साहन पनि रहन्छ।’

सभापति थापाले २०४६ देखि २०८२ सम्म सार्वजनिक पदमा बसेका सबैको सम्पति छानबिन गर्नुपर्ने र स्रोत नखुलेको पाइए जफत गर्नुपर्ने बताए। यसमा अब बन्ने सरकारलाई कांग्रेसको पूर्ण साथ रहने थापाले बताए। 

खबरपाटी
खबरपाटी