गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित

गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित

काठमाण्डौ – गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । समाजसेवा र व्यवसायबाट राजनीतिमा लाग्नुभएकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो । 

वीनाले ३७ हजार ७ सय ५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिनुभयो । कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४ सय ७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी हुनुभएको हो ।  

खबरपाटी
खबरपाटी