आईसिसी पुरुष टी–ट्वेन्टी विश्वकप क्रिकेटको सुपर एट अन्तर्गत आज दुईवटा खेल हुँदै

आईसिसी पुरुष टी–ट्वेन्टी विश्वकप क्रिकेटको सुपर एट अन्तर्गत आज दुईवटा खेल हुँदै

काठमाडौं – आईसिसी पुरुष टी–ट्वेन्टी विश्वकप क्रिकेटको सुपर एट अन्तर्गत आज दुईवटा खेल हुँदैछन्। 

आजको पहिलो खेलमा दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले मैदानमा आयोजक श्रीलंका र पूर्व विजेता इङ्ल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। 

त्यस्तै, आजै साँझ सवा ७ बजे भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आमने–सामने हुनेछन् । सन् २०२४ को विश्वकप फाइनलमा भिडेका यी दुई टोली बीचको भिडन्त रोचक हुने अनुमान छ। 

यसअघि हिजो शनिबार कोलम्बोमा तय भएको सुपर एटको उद्घाटन खेल भने वर्षाका कारण रद्द भएको छ। पाकिस्तान र न्युजिल्यान्ड बीचको खेलमा टस भए पनि वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्। 

वर्षाले खेल बिथोलेपछि दुवै टोलीको सेमिफाइनल यात्रा केही कठिन बनेको छ। सुपर एटका खेल आगामी फागुन १७ गतेसम्म जारी रहनेछन्, जहाँबाट शीर्ष दुई टोलीहरू अन्तिम चारमा प्रवेश गर्नेछन्।

खबरपाटी
खबरपाटी