काँग्रेस सभापति थापाको प्रतिज्ञा संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै

काँग्रेस सभापति थापाको प्रतिज्ञा संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै

काठमाडौँ - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने घोषणा गरेका छन्।  बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। 

उनले  गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ। सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उनले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे। उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। 

थापाले भने, ‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन्। अब कुनैपनि पार्टीले गठबन्धन गरे भागबण्डा गर्न मन्त्रालय बढाउन पाउँदैन। विगतमा काँग्रेसले सरकार चलाएको समयलाई हामी स्वर्णिम युग मान्छौँ। हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउँछौँ।’
 

सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे। अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने उनको दाबी छ।

खबरपाटी
खबरपाटी