चुनावका लागि उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको नेपाल प्रहरीको भनाई

चुनावका लागि उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको नेपाल प्रहरीको भनाई

काठमाण्डौ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको नेपाल प्रहरीले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सबैको साझा दायित्व भएकाले त्यसतर्फ ध्यान केन्द्रित गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले चुनावलाई पर्वका रूपमा मनाउन आग्रह गर्दै कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा तुरुन्त जानकारी गराउन अनुरोध गर्नुभएको छ ।
चुनावी सुरक्षासम्बन्धी जानकारी गराउँदै प्रवक्ता काफ्लेले अन्य सुरक्षा निकाय तथा सम्बद्ध पक्षहरूसँग आवश्यक समन्वय गरी भरपर्दो सुरक्षामार्फत चुनाव सम्पन्न गराउने जिम्मेवारीलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिँदै उच्च मनोबलका साथ खटिएको बताउनुभयो ।
उहाँका अनुसार चुनाव अवधिभर मतदान केन्द्रभित्र भित्री घेराको आन्तरिक सुरक्षा, मोबाइल गस्ती, रिजर्भ टोली, द्रूत प्रतिक्रिया टोली ९क्यूआरटी० तथा विशेष निगरानी संयन्त्रलाई समेत सक्रिय अवस्थामा राखिनेछ । लोकतन्त्रको सुदृढीकरणका लागि चुनावको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी पूर्णरूपमा प्रतिबद्ध रहेको प्रवक्ता काफ्लेको भनाइ छ ।
चुनावलाई लक्षित गरी प्रहरीलाई चुनावी सुरक्षासम्बन्धी अभिमुखीकरण पनि दिइएको छ । प्रहरीलाई निर्वाचन आचारसंहिताको पालना र कार्यान्वयन, जोखिम मूल्याङ्कन तथा सुरक्षा योजना निर्माण, भीड नियन्त्रण तथा आपत्कालीन व्यवस्थापन, मानव अधिकारको संरक्षण, समन्वय र सूचना आदानप्रदानजस्ता विषयमा अभिमुखीकरण गराइएको जनाएको छ ।

खबरपाटी
खबरपाटी