अमेरिकी सेनाको (इन्डो प्यासिफिक) क्षेत्रका कमान्डर सामुएल पापारो नेपाल आइपुगे

अमेरिकी सेनाको (इन्डो प्यासिफिक) क्षेत्रका कमान्डर सामुएल पापारो नेपाल आइपुगे

काठमाडौं । अमेरिकी सेनाको हिन्द प्रशान्त (इन्डो प्यासिफिक) क्षेत्रका कमान्डर सामुएल पापारो नेपाल आइपुगेका छन्।  नेपाली सेनाले पापारोको नेपाल भ्रमणलाई नियमित भनेको छ। 

अमेरिकी सेनाको एयरफोर्सको चार्टर विमानबाट गए राति पापारो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। १३ सदस्यीय टोलीको नेतृत्व गर्दै पापारो चार्टर जहाजमार्फत काठमाडौं आएका हुन्।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ। उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने छन्। पापारो तीन दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

खबरपाटी
खबरपाटी