तराईमा आज पनि धुमधामका साथ मनाइओ होली पर्व (फोटो फिचर)
२४ फागुन २०७९, बुधवार
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही क्षेत्रमा कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिएको छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको संकेत गरेको छ। अन्य भू–भागको मौसम मुख्यतया सफा रहने भए पनि चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।