आईसीसीको एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने

आईसीसीको एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने जानकारी दिएको हो ।

सम्मेलन आउँदो बैशाख ३ र ४ गते काठमाण्डौमा हुनेछ । सम्मेलनमा आईसीसी एसियाका सदस्य देशका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधि एकै ठाउँमा भेला हुने क्यानले जनाएको छ ।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी योजनाबारे छलफल केन्द्रित हुनेछ ।

खबरपाटी
खबरपाटी