१६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसको एकल उम्मेदवारी, १०६ क्षेत्रमा नयाँ अनुहार: विश्वप्रकाश शर्मा

१६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसको एकल उम्मेदवारी, १०६ क्षेत्रमा नयाँ अनुहार: विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनका सबै १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले आफ्नै उम्मेदवार उठाएको दाबी गरेका छन्। रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त जानकारी दिएका हुन्।

शर्माका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये १०६ स्थानमा नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारिएको छ। यसले पार्टीभित्र नयाँ नेतृत्व विकास र समावेशी सहभागितालाई प्राथमिकता दिएको उनको भनाइ छ।

पार्टीका संगठनात्मक गतिविधिहरूको सन्दर्भमा उनले काँग्रेसभित्र संरचनागत सुधार र रूपान्तरणलाई सक्रिय रूपमा अघि बढाइएको बताए। उम्मेदवार छनोटका क्रममा पार्टीभित्रका विभिन्न धार र समूहबीच सन्तुलन कायम गरिएको उल्लेख गर्दै शर्माले यस प्रक्रियाले संगठनात्मक एकता मजबुत बनाउने र निर्वाचनमा काँग्रेसलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको स्पष्ट पारे।

खबरपाटी
खबरपाटी