बुधबारबाट काठमाडौँमा भारी वर्षाको सम्भावना, चीसो कतिको बढ्ला ?

बुधबारबाट काठमाडौँमा भारी वर्षाको सम्भावना, चीसो कतिको बढ्ला ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान ५स्४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको छ । यससँगै उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । दिउँसो अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने भए पनि राति केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्ने छ । हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

मंगलबार दिउँसो र राति पनि देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ । लुम्बिनी र गण्डकी प्रदेशका अन्य भूभागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच, मौसमविद् सञ्जिव अधिकारीका अनुसार बुधवार दिउँसो काठमाडौंमा समेत हल्का वर्षा हुन सक्ने सम्भावना छ । बुधवार रातिबाट यो प्रणाली काठमाडौं हुँदै मधेस र कोसी प्रदेशतर्फ सर्ने बताइएको छ ।

‘मधेसका केही भूभागमा हल्का वर्षा हुनेछ भने कोसी प्रदेशमा पनि वर्षा हुनेछ’, मौसमविद् अधिकारीले भने, ‘बुधवार रातिदेखि नै कमजोर हुँदै जाने यो प्रणाली बिहीवार नेपालबाट बाहिरिने छ ।’

खबरपाटी
खबरपाटी