आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार (माघ ११) भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार सातै प्रदेशमा गरी ९५.६८ प्रतिशत मत खसेको हो ।
उनका अनुसार कोसी प्रदेशमा ३४५, मधेसमा ३४१, वाग्मती प्रदेशमा ३१८ले मतदान गरेका छन् ।
यस्तै, गण्डकीमा २२३, लुम्बिनीमा २८६, कर्णालीमा ११९ र सुदूरपश्चिममा २२० जनाले मतदान गरेका हुन् ।
१७ पदका लागि आज निर्वाचन भएको हो । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष रहने व्यवस्था छ ।