शिक्षामन्त्री पुनले पनि दिए राजीनामा

शिक्षामन्त्री पुनले पनि दिए राजीनामा

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन्। आफ्नै अभियानमा लाग्न उनले राजीनामा दिएको बताइएको छ।

अर्थमन्त्री रामेश्वर खनालले यसको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमा ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो।’

यसअघि भौतिक पूर्वाधार, शहरीविकास र ऊर्जा मन्त्रालयको जिम्मा सम्हालेका कुलमान घिसिङ, सरकारको प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन्। उनीहरूले प्रतिनिधिसभा चुनावमा लड्न राजीनामा दिएका थिए। 

खबरपाटी
खबरपाटी