बलात्कार पीडितलाई न्याय दिलाउन मन्त्री श्रद्धा श्रेष्ठ सक्रिय, माइतीघर धर्ना अन्त्य गर्न दोस्रो चरणको छलफल

बलात्कार पीडितलाई न्याय दिलाउन मन्त्री श्रद्धा श्रेष्ठ सक्रिय, माइतीघर धर्ना अन्त्य गर्न दोस्रो चरणको छलफल

काठमाडौँ – जबरजस्ती करणीबाट पीडित महिलालाई न्याय दिलाउन र उनको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ठोस पहलकदमी लिनुभएको छ। विगत केही समयदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेकी जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका-९ घर भएकी २५ वर्षीया गर्भवती महिलाको माग सम्बोधन गर्दै धर्ना कार्यक्रम अन्त्य गराउन मन्त्री श्रेष्ठ तथा राष्ट्रिय महिला आयोगको माननीय अध्यक्षको  रोहवरमा पुन दोश्रो चोटी छलफल गरिएको छ  । 

छलफलमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी, महिला आयोगका पदधिकारी, मन्त्रालयका सहसचिव , शाखा प्रमुखहरु, प्रहरी प्रशासन सबैले भरपुर प्रयास गर्दा पनि पीडितले अनावश्यक सर्त राख्नुभएको कारणले समस्याको हल हुन सकेन । पिडितले सेल्टरमा मोबाइल चलाउन पाउनुपर्ने सर्त राख्नुभएको थियो ।  

छलफलका ५ मुख्य बुँदाहरू निम्न रहेका छन्  :
१.  पीडितको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी तत्काल सुरक्षित आश्रयस्थल (सेल्टर) र  

     उपचारको व्यवस्था गर्ने ।

२.  आश्रयस्थलमा रहँदा उनलाई मनोसामाजिक परामर्श, कानुनी सहायता र सीपमूलक तालिम  

 प्रदान गर्ने ।

           ३.  आरोपित दार्चुलाका पूर्वप्रहरी जवानलाई पक्राउ नपर्दासम्म मन्त्रालयले व्यवस्था  गरेको सुरक्षित 
                आश्रय स्थलमा  बस्नु पर्ने 
४. आरोपित दार्चुलाका पूर्वप्रहरी जवानलाई यथाशीघ्र पक्राउ गर्न गृह प्रशासनले प्रतिबद्धता जनाउने ।

५. यदि पीडित महिला सेल्टरमा बस्न अनिच्छुक भएमा मन्त्रालय र आयोगसँग समन्वय गरी आफ्नै 

    जिम्मेवारीमा बाहिर बस्न सक्ने ।


मन्त्रालयले पीडितको निर्णय र व्यक्तिगत चाहनाको सम्मान गर्दै, सेल्टरमा नबसे पनि उनको कानुनी लडाइँ र स्वास्थ्य उपचारमा सरकारको सहयोग नरोकिने स्पष्ट पारेको छ । 

मन्त्रालयको प्राथमिकता पीडितलाई न्याय र सुरक्षा प्रदान गर्नु भएकोले पीडितको निर्णय र व्यक्तिगत चाहनाको सम्मान गर्न उहा सेल्टरमा बस्न इच्छुक नभए पनि स्वास्थ्य उपचार र न्यायिक प्रक्रियामा निरन्तर साथ दिने प्रतिबद्दता मन्त्रालयले गरेको छ  ।

मन्त्री श्रेष्ठले पीडितको शारीरिक र मानसिक अवस्थालाई मध्यनजर गर्दै प्रसूति गृहका चिकित्सकहरूलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । आरोपितलाई कानुनी दायरामा ल्याउन मन्त्रालयले गृह प्रशासन र अन्य न्यायिक अङ्गहरूसँग समन्वय गर्दै  काम गरिरहेको छ ।

खबरपाटी
खबरपाटी