कांग्रेसका सभापति देउवा र नेता डा.शेखर कोइराला बीच भेटवार्ता

कांग्रेसका सभापति  देउवा र नेता डा.शेखर कोइराला बीच भेटवार्ता

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला र सभापति देउवाबीच भेटवार्ता भएको छ।

सभापति देउवा निवास महाराजगञ्जमा बिहीबार बिहान भएको भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर दुई शीर्षनेताबीच भेटवार्ता भएको हो । भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन पहल कदमी लिन आग्रह गर्नुभएको एक नेताले बताएका छन् ।

पछिल्लो समय कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच पार्टीको महाधिवेशको विषयलाई लिएर विवाद चर्किंदै गएको छ ।

खबरपाटी
खबरपाटी