जर्सिङपौवामा भएको बस दुर्घटनाका मृतकमध्ये एकजनाको पहिचान खुल्यो

जर्सिङपौवामा भएको बस दुर्घटनाका मृतकमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं - बुधबार काठमाडौंको जर्सिङपौवामा भएको बस दुर्घटनाका मृतकमध्ये एकजनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार पिकनिक गएर फर्किएकाहरू सबार बस दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी मूलपानी बस्ने ५५ वर्षीया शान्ति गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यतै मृत्यु भएका अन्य दुईजनाको पहिचान खुलेको छैन ।

संखरापुर अस्पताल, नेपाल मेडिकल कलेज, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला मेमोरियल अस्पतालमा घाइतेलाई राखिएको छ । त्यहाँ उपचार नहुने घाइतेलाई अरु अस्पताल रिफर गर्ने क्रम चलिरहेक‍ो ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

खबरपाटी
खबरपाटी