आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ त कारोबार ?

आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार (पुस १७) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । 

अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो । 

खबरपाटी
खबरपाटी