विपदबाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

विपदबाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

काठमाण्डौ – गएको असोज १८ र १९ गतेको वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ ।
क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो । क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माईखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा यो रकम खर्च गरिने छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । सबैभन्दा धेरै रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ ।
३९ जनाको ज्यान जानुका साथै भौतिक संरचनामा ठूलो क्षति पुग्ने गरि मनसुनजन्य विपद् घटना भएपछि सरकारले असोज २३ गते इलामलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ घोषणा गरेको थियो ।

खबरपाटी
खबरपाटी