लिबियाली सेनाका चिफ अफ जनरल अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु

लिबियाली सेनाका चिफ अफ जनरल अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु

काठमाडौं – लिबियाली सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । विमानमा आठजना सवार थिए, सबैको घटनास्थलमै मृत्यु भएको हो । 

टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन–५० विमानको भग्नावशेष अंकाराको नजिकै हायमाना क्षेत्रमा फेला परेको छ । विमान टेकअफ भएको ३० मिनटपछि नै प्राविधिक समस्या आएको थियो, जसका कारण दुर्घटना भएको बताइएको छ ।

यो लिबियाली सैन्य प्रतिनिधिमण्डल अंकारामा टर्कीसँग रक्षा सहयोग बढाउन उच्चस्तरीय वार्ता गरेर लिबियातर्फ फर्किरहेको थियो ।

दुर्घटनामा मारिनेमा लिबियाका स्थलसेना प्रमुख जनरल अल–फितुरी घ्रैबिल, ब्रिगेडियर जनरल महमूद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब, सैन्य फोटोग्राफर मोहम्मद ओमर अहमद महजुब र तीनजना क्रू सदस्य छन् ।

खबरपाटी
खबरपाटी