‘क्रिसमस डे’ को सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने

‘क्रिसमस डे’ को सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौँ - सरकारले ‘क्रिसमस डे’ को सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ ।  नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालनमा रहने जानकारी दिएको छ ।

२०८२ पुस १० गते बिहीबार इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए तापनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो । 

राष्ट्र बैंकका अनुसार सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।

खबरपाटी
खबरपाटी