सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुँदैछ त कारोबार?

सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुँदैछ त कारोबार?

काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो। गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

 

 

खबरपाटी
खबरपाटी