आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदीको भाउले बनायो नयाँ रेकर्ड

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदीको भाउले बनायो नयाँ रेकर्ड

काठमाडौं - आज चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ। पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ। एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो।

अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो। एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

खबरपाटी
खबरपाटी