सुनको मूल्य एक हजारले घट्यो, कति पुग्यो ?

सुनको मूल्य एक हजारले घट्यो, कति पुग्यो ?

काठमाडौं । मंगलबार (मंसिर २३) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 
 

खबरपाटी
खबरपाटी