प्रधानमन्त्री सुशीला कार्की र र दुर्गा प्रसाईंबीच छलफल

प्रधानमन्त्री सुशीला कार्की र र दुर्गा प्रसाईंबीच छलफल

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की र र दुर्गा प्रसाईंबीच छलफल भएको छ । प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंसहिको समूह वार्ताका लागि आज सिंहदरबार पुगेको हो ।
भेटमा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिनुभएको छ । प्रसाईंले विभिन्न माग राखेर आन्दोलन गर्ने धम्की दिइरहेकाले सरकारले संवादमार्फत मागहरूका विषयमा हल खोजिने बताउँदै आएको छ ।
प्रसाईं समूहले यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो ।

खबरपाटी
खबरपाटी