महिलाको नेतृत्व विकासका लागि दुईदिने ‘Mentoring Program–EMPOWER’ सम्पन्न

महिलाको नेतृत्व विकासका लागि दुईदिने ‘Mentoring Program–EMPOWER’ सम्पन्न

काठमाडौं- नख्खुमा दुईदिने ‘Mentoring Program–EMPOWER’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल महिला विश्वासि संघ (NMBS) द्वारा आयोजित उक्त कार्यक्रम मंसिर २० र २१ गते सञ्चालन गरिएको हो। कार्यक्रमलाई ‘Horyzon – Power to the Young People’ ले सहयोग गरेको थियो।

महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएका करिब १०० जना महिलाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मेन्टरसीपको महत्वलाई मुख्य विषयका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको पहिलो दिन उत्तम आचार्यले मेन्टरसीप र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने दोस्रो दिन सिटल मोक्त्तानले सहभागीहरूसँग नेतृत्व विकासका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

दुई दिनसम्म चलेको कार्यक्रममा Mentoring Session, Presentation तथा Practical Training जस्ता गतिविधिहरू सञ्चालन गरिएका थिए। सहभागीसँग प्रत्यक्ष छलफल, समूहगत अभ्यास र प्रस्तुतीकरणसमेत गरिएको थियो।

नेपाल महिला विश्वासि संघ (NMBS) ले महिलाहरूलाई विभिन्न विधामा तालिम प्रदान गर्दै आएको छ।

 

खबरपाटी
खबरपाटी