मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दै, एमाले पन्छाएर बन्ला त नयाँ सरकार ?

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दै, एमाले पन्छाएर बन्ला त नयाँ सरकार ?

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले तोकेको अवधि अनुसार दलले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्ने छन् । 

समयसीमा नजिकिँदै जाँदा मधेशका राजनीतिक दल आन्तरिक रणनीति मिलाउन बिहानैदेखि निरन्तर छलफलमा छन्।

एमालेबाहेक सात दलीय गठबन्धनले साझा उम्मेदवार टुङ्ग्याउन प्रयास गरेका छन् ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सर्वोच्च अदालतले संविधानको धारा १६८ ९२० अनुसार नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेपछि दलहरु छलफलमा जुटेका हुन्।

सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसक्ने अवस्था देखेपछि मुख्यमन्त्री पदबाट यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा सरकार गठन प्रक्रिया सुरु भएको हो ।

खबरपाटी
खबरपाटी