आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो । आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।