सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
Menu
सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यसपटक ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफामा पुगेको हो।
बिक्री आम्दानीमा उल्लेख्य वृद्धिसँगै कम्पनीको नाफा बढ्न पुगेको विवरणमा उल्लेख छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढेको छ भने कुल नाफा ४०८.८१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वित्तीय खर्च १५.९१ प्रतिशतले घटेको छ तर कुल खर्च भने ८१.८९ प्रतिशतले बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा ईपीएस २६ रुपैयाँ ७ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.९१ गुणा छ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।