जनकपुरधाममा सात राजनीतिक दलले आज पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिए

जनकपुरधाममा सात राजनीतिक दलले आज पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिए

काठमाडौं – मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन्।

मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए।

उनले सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरू सम्मान गर्ने बताउँदै त्यसपछि आफूहरू ७ दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए। 

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतवार उनीहरू नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन्।

खबरपाटी
खबरपाटी