आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ ।
नारायणी नदीको पुलबाट पश्चिमतर्फ १ सय ७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाएको नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार हरेक राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको छ । दिउँसोमा काम गर्दा गाडीको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उहाँले बताउनुभयो ।
नारायणघाट–बुटवल खण्डको १ सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर पर्छ । खनालका अनुसार कार्यतालिका अनुसार प्रगति भएमा पश्चिम खण्डमा अबको १० दिनमा कालोपत्र गरेर सकिनेछ ।