धितोपत्र बोर्डलाइ क्षतिपूर्तिकोष तत्काल स्थापना र सन्चालन गर्न लगानीकर्ता समूहबाट आवाज उठ्यो

धितोपत्र  बोर्डलाइ क्षतिपूर्तिकोष  तत्काल स्थापना र सन्चालन गर्न लगानीकर्ता समूहबाट आवाज उठ्यो

काठमाडौँ — नेपालको पूँजीबजारमा पछिल्लो समय लगानीकर्ताको विश्वास घट्दै गएको चर्चा चलिरहेका बेला, टप स्टक ट्रेडरले धितोपत्र बोर्डलाई क्षतिपूर्तिकोष स्थापना र सञ्चालन गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।

ट्रेडरको भनाइअनुसार, धितोपत्र बोर्डसँग बजारको कायापलट गर्ने अधिकार भए पनि, लगानीकर्ताको सुरक्षासम्बन्धी जिम्मेवारीमा अझै कमी देखिन्छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५३ ले स्पष्ट रूपमा भनिएको छ — “सेयर बजारमा लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन धितोपत्र बोर्डले क्षतिपूर्तिकोष स्थापना र सञ्चालन गर्नुपर्नेछ।”

तर ऐन बनेको दुई दशक नाघ्दा पनि उक्त कोष अस्तित्वमा आउन सकेको छैन। टप स्टक ट्रेडरका अनुसार, बोर्डले ३–४ वर्षअघि नियमावली बनाउने नीति सार्वजनिक गरे पनि त्यसपछि ठोस कार्य अगाडि बढेको छैन।

साथै, टप स्टक ट्रेडरले 
“धितोपत्र बोर्ड अध्यक्षज्यूलाई यसै वर्षभित्र क्षतिपूर्तिकोषसम्बन्धी नियमावली तयार पारेर कोष स्थापना र सञ्चालनको प्रक्रिया सुरु गर्न हार्दिक अनुरोध गर्दछौं। यस कार्यले लगानीकर्ताको सुरक्षामा नयाँ विश्वास जगाउनेछ र बोर्डमाथिको भरोसा अझै मजबुत हुनेछ।” भनी अनुरोध  गरेका छन्।

“नेपालको पूँजीबजारलाई सुदृढ र विश्वासिलो बनाउन क्षतिपूर्तिकोषको स्थापना अब अनिवार्य बनेको छ। टप स्टक ट्रेडरको टोली यसका लागि निरन्तर आवाज उठाइरहनेछ र बजार सुधारका हरेक पहलमा सहकार्य गर्न तयार रहनेछ।” भनी उल्लेख गरेका छन्

उनले भनेका छन्, “यदि क्षतिपूर्तिकोष स्थापना भएको भए, हालै कर्णाली डेभलपमेन्ट बैंकको कारोबार रोकिँदा लगानीकर्ताको करोडौं रुपैयाँ फस्ने अवस्था आउँदैनथ्यो। कारोबार नखुलुन्जेल लगानीकर्ताले धरौटी वा क्षतिपूर्तिको सुविधा पाउने थिए। यसले बजारमा हुने जोखिम घट्थ्यो र लगानीकर्ताको मनोबल समेत उच्च रहन्थ्यो।”

साथै, टप स्टक ट्रेडरले 
“धितोपत्र बोर्ड अध्यक्षज्यूलाई यसै वर्षभित्र क्षतिपूर्तिकोषसम्बन्धी नियमावली तयार पारेर कोष स्थापना र सञ्चालनको प्रक्रिया सुरु गर्न हार्दिक अनुरोध गर्दछौं। यस कार्यले लगानीकर्ताको सुरक्षामा नयाँ विश्वास जगाउनेछ र बोर्डमाथिको भरोसा अझै मजबुत हुनेछ।” भनी अनुरोध  गरेका छन्।

“नेपालको पूँजीबजारलाई सुदृढ र विश्वासिलो बनाउन क्षतिपूर्तिकोषको स्थापना अब अनिवार्य बनेको छ। टप स्टक ट्रेडरको टोली यसका लागि निरन्तर आवाज उठाइरहनेछ र बजार सुधारका हरेक पहलमा सहकार्य गर्न तयार रहनेछ।” भनी उल्लेख गरेका छन् ।

खबरपाटी
खबरपाटी