अवरोध हटेसँगै मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउने काम शुरू

अवरोध हटेसँगै मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउने काम शुरू

काठमाण्डौ – स्थानीयवासीको अवरोध हटेसँगै मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउने काम शुरू भएको छ ।
गएराति सहमति भएपछि आज बिहान सुरुङमा पानी पठाउने काम शुरू भएको र आज बेलुकासम्म सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्ने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिनुभयो ।
हेलम्बुबाट सुन्दरीजलसम्मको सुरुङ २६ किलोमिटर लामो छ । काठमाण्डौको पानीपोखरीमा रहेको मेलम्ची विकास समितिको केन्द्रीय कार्यालयमा ११ दिनदेखि लगाएको ताला पनि खुलाइएको छ । यस पटकको सम्झौतामा सरोकारवाला सबै मन्त्रालयका अधिकारीहरूले सहमति जनाएका छन् ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ ल्याइए पनि बाढी पहिरोका कारण बर्खामा भने पानी नियमित हुन सकेको छैन ।

खबरपाटी
खबरपाटी