अमेरिकाले ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने

अमेरिकाले ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने

अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने ह्वाइट हाउसका अधिकारीले बताएका छन् । गएको जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि हटेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलेममा हुने संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु सम्मेलनअघि नेताहरूको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको थिएन ।

नोभेम्बर १० देखि २१ सम्म हुने वार्तामा उहाँले कुनै पनि शीर्ष वार्ताकारलाई नपठाउने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स, नर्वे, कोलम्बिया, चिली, केप भर्डे र लाइबेरियाका नेताहरूले सम्मेलनमा भाग लिने पुष्टि गरेका छन् ।

चीनले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिनिधित्व उपप्रधानमन्त्री दिङ जुएक्सियाङले गर्ने जनाएको छ । आफ्नो पहिलो कार्यकालमा पेरिस सम्झौताबाट बाहिरिएका राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनले यसपटक विश्वव्यापी रूपमा जीवाश्म इन्धनलाई बढावा दिन आफ्नो शक्ति प्रयोग गरेको छ ।

खबरपाटी
खबरपाटी