क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।

अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा गरी ३० जना भन्दा धेरैको ज्यान गएको पुष्टि भएको खबरमा उल्लेख छ । हैटीमा, पेटिट–ग्वाभे नामक तटीय शहरमा नदीको पानी बगेर बस्ती बगाउँदा कम्तीमा २४ जनाको ज्यान गएको खबरमा भनिएको छ ।

उपग्रह तस्वीरहरूमा जमैकाको धेरै भागमा क्षति पुगेको र माछा मार्ने बस्तीहरू पानीले डुबाएको देखिएका छन् । खेतबारीहरू नष्ट भएका छन् । एक सय पाँच माइल प्रति घण्टाको गतिमा आँधी आएको थियो । अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आजदेखि यो कमजोर हुने अनुमान गरिएको छ । 

खबरपाटी
खबरपाटी