अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस

अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस

काठमाडौं  – अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्छ। साथै बालबालिकालाई पनि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ।  

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन्। यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ। नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति रामसहायप्रसाद यादवलेस्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताएका छन्। 

खबरपाटी
खबरपाटी