लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट मधेस सरकारमा सहभागी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीबाट राजीनामा दिएसँगै आज उसले समर्थन फिर्ता लिएको हो ।

शर्माले आजै मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पार्टीको निर्देशन नमानेपछि जनमतबाटै एक्लिएका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि (मंगलबार) विश्वासको मत लिँदै छन् । सिंहले विश्वासको मत लिने प्रयोजनका लागि भोलि दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

यसअघि, नेपाली कांग्रेस, नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमाले र जनमतको समर्थनमा  कांग्रेसले सरकारमा दाबी पेस पनि गरिसकेको छ ।

खबरपाटी
खबरपाटी