गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतको भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतको भेट

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् । 

बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । 

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

खबरपाटी
खबरपाटी