महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेल आज : नेपाल र मलेशिया खेल्दै

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेल आज : नेपाल र मलेशिया खेल्दै

काठमाण्डौ – महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ ।

पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान २/२ खेल जितेका छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

आजको खेल निर्णायक खेल हुनेछ । नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । 

खबरपाटी
खबरपाटी