लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ - कास्कीस्थित पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदावी गरिएको छ।

घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र विचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि त्यसको अनुसन्धान गरी अख्तियारले मुद्दा चलाएको हो।

सोही प्रकरणमा जोडिएका अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हडप्ने योजनाका साथ तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र विचौलियाको अडियो सार्वजनिक भएको थियो।त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित विचौलियाको बयान लिएको थियो। घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए।

खबरपाटी
खबरपाटी