जेनजी आन्दोलनमा भेटिएको र जलेका पैसाबारे अनुसन्धान सुरु

जेनजी आन्दोलनमा भेटिएको र जलेका पैसाबारे अनुसन्धान सुरु

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा भेटिएको र जलेका पैसाबारो अनुसन्धान थालिसकेको बताएकी छिन्। 

आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले सरकारका सम्बन्धित निकायबाट उक्त विषयमा अनुसन्धान थालिसकेको जानकारी दिइन्। 

आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा ठूलो परिमाणमा पैसा भेटिएको र धेरै पैसा जलेको समाचार तथा भिडिओ सार्वजनिक भएको थियो।

यस्तै कांग्रेस नेता दीपक खड्काको घरबाट समेत पैसा उडेको भनेर भिडिओ सार्वजनिक भएको थियो। 

उनले आन्दोलनमा दोषी देखिएकालाई पनि कारबारही हुने दावी गरेकी छिन्। उनले स्वच्छरूपमा निर्वाचन गराउनु आफ्नो अभिभारा रहेको पनि बताइन्।

खबरपाटी
खबरपाटी