भक्तपुर आइपुगे मुस्ताङका भेडा–च्याङ्ग्रा, जिउँदो च्याङ्ग्राको किलोको १३ सय

भक्तपुर आइपुगे मुस्ताङका भेडा–च्याङ्ग्रा, जिउँदो च्याङ्ग्राको किलोको १३ सय

काठमाडौं :  हिन्दुहरुको महान पर्व दशैंका लागि मुस्ताङबाट ल्याएका भेडा–च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइएका छन् ।यो वर्षको दशैंका लागि मुस्ताङबाट खरिद गरेर भेडाच्याङ्ग्रा ल्याएको व्यापारीहरू बताउँछन् । भक्तपुरमा व्यापारीहरूले प्रतिकेजी १३ सय रुपैयाँमा जिउदो च्याङ्ग्रा बिक्री गरिरहेका छन् । मुस्ताङबाट काठमाडौंसम्म ल्याउदा विभिन्न स्थानमा स्थानीय निकायहरुले कर लिने गरेकाले पनि लागत बढ्दै गएको व्यापारी चित्रबहादुर सिलवालले जानकारी दिए । 

सल्लाघारीमा रहेका भेडा र च्याङ्ग्रालाई पशु चिकित्सकले चेकजाँच गरेपछि मात्रै बिक्री गर्ने गरिएको उनले बताए। पशु सेवा विभागले आश्विन ६ गतेदेखि १५ गतेसम्म सल्लाघारीमा नै पशुपन्छीको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको छ। 

 

खबरपाटी
खबरपाटी