बेलायतले प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने, आज घोषणा

बेलायतले प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने, आज घोषणा

 

 

 

 

 

 

काठमाडौं –  बेलायतका प्रधानमन्त्री कीयर स्टारमरले आज प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने घोषणाको तयारी गरेका छन्।

बीबीसीका अनुसार बेलायतले यसअघि नै इजरायलाई गाजामा युद्धबिराम गर्ने र प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने कदम नचाले आफूहरुले प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने चेतावनी दिएको थियो।

स्थानीय समयअनुसार आज दिउँसो प्रधानमन्त्री स्टारमरले यस्तो घोषणा गर्ने तयारी गरेका छन्। यसलाई बेलायतको विदेश नीतिमा ठूलो बदलावका रुपमा हेरिएको छ।

बेलायतको यो तयारीमा इजरायल, हमासद्वारा बन्धक बनाइएका व्यक्तिका परिवार तथा कन्जभेर्टिभ पार्टीका नेताहरुले आलोचना गरेका छन्। तर बेलायत सरकारका मन्त्रीहरुले दिगो शान्ति सम्झौताको भरोसाका लागि पनि यस्तो निर्णय लिनुपर्ने नैतिक जिम्मेवारी आइलागेको बताएका छन्।

पछिल्ला केही हप्तायता इजरायलले गाजामा थप शक्तिशाली आक्रमण गर्दा त्यहाँको अवस्था निकै खराब भइसकेको छ। गाजामा भोकमरी र हिंसामात्र बाँकी रहेकाले यो असह्य भएको प्रधानमन्त्री स्टारमरले बताएका छन्। यसअघि पोर्चुगलले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरिसकेको छ।

खबरपाटी
खबरपाटी