रुसी लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै इस्टोनियाले नाटो सदस्य राष्ट्रहरूसँग आकस्मिक परामर्श माग गरेको छ। इस्टोनियाको विदेश मन्त्रालयले यो घुसपैठलाई निर्लज्ज भन्दै आर्टिकल फोर माग गरेको हो।
यसले तीनवटा रूसी मिग-३१ लडाकु विमानहरू फिनल्याण्डको खाडीमाथि अनुमति बिना इस्टोनियाको आकाशमा प्रवेश गरे र कुल १२ मिनेटसम्म उडान गरेको बताएको छ। उता नाटोले रूसको गैरजिम्मेवार व्यवहारको अर्को उदाहरण भन्दै प्रतिक्रिया जनाएको छ। इस्टोनियाले यसअघि पनि चार पटक रुसले आफ्नो हवाई सीमा उल्लंघन गरेको जनाएको छ ।
यसअघि पोल्याण्ड र रोमानियामा पनि रूसी ड्रोन देखिएको भन्दै नाटोले हालै पूर्वी युरोपतिर थप सैनिक र लडाकु विमान पठाउने घोषणा गरेको थियो। यो घटनालाई नाटो सदस्य राष्ट्रहरूले पश्चिमी मुलुकहरूको धैर्य परिक्षण गर्ने रूसको रणनीति भनेका छन्। रुसले भने आफ्नो विमानले हवाई सीमा नाघेको अस्वीकार गर्दै तिनीहरू अन्तर्राष्ट्रिय हवाई नियमअनुसार मात्र उडान गरेको दाबी गरेको छ।