कालीगण्डकी करिडोर: २३४ किमी कालो पत्र, ३६ वटा पुल निर्माण

कालीगण्डकी करिडोर: २३४ किमी कालो पत्र, ३६ वटा पुल निर्माण

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काली गण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालो पत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने छ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गैँडाकोट-राम्दी-मालढुंगा सडक योजना पाल्पाको तथ्यांकअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र काली गण्डकी लोक मार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त  खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालो पत्र गर्न र पुलहरू निर्माणका लागि रु. १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए । 

 

खबरपाटी
खबरपाटी