सरकारका मन्त्रीहरूले गरे संघीय संसद भवनको अवलोकन

सरकारका मन्त्रीहरूले गरे संघीय संसद भवनको अवलोकन

काठमाडौँ - सरकारका मन्त्रीहरूले जेन-जी प्रर्दशनकारीहरुले आगजनीसहित क्षति पुर्‍याएका संघीय संसद भवनको अवलोकन गरेका छन्।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधवार अपरान्ह नयाँ बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको सो भवनको अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खालको योजनासहितको कामलाई अघि बढाउने योजना सार्वजनिक गरे।

उनले तत्कालका लागि भने सफाई, डिजाइन लगायतको काम अघि बढाउने पनि बताए।

खबरपाटी
खबरपाटी