गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला - कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। पहिरो पन्छाउन समय लाग्ने भएको छ।

कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । 

खबरपाटी
खबरपाटी