प्रधानमन्त्री कार्यालयको खण्डहर हटाउन मन्त्री कुलमान घिसिङको निर्देशन

प्रधानमन्त्री कार्यालयको खण्डहर हटाउन मन्त्री कुलमान घिसिङको निर्देशन

काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मंगलवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने क्रममा उनले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित अवलोकनमा पुगेका मन्त्री घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरु रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराए।

उनले त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरु पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिलाई नगर्न आग्ह गरे।

खबरपाटी
खबरपाटी