उर्जा मन्त्री बनेलगत्तै कुलमान घिसिङको सक्रियता : घाइते भेटदेखि शहीद परिवारसम्म

उर्जा मन्त्री बनेलगत्तै कुलमान घिसिङको सक्रियता : घाइते भेटदेखि शहीद परिवारसम्म

काठमाडौं । अन्तरिम सरकारको उर्जा मन्त्री बनेलगत्तै कुलमान घिसिङले कामको थालनी अनौठो शैलीमा गरेका छन्। उनले पहिलो दिन सिंहदरबार पस्नु अघि जनतामाझ पुग्ने निर्णय गरे।

पहिलो भेट : टिचिङ अस्पताल
शपथ लिएकै दिन कुलमान त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगे। हालैको आन्दोलनमा घाइते भएका युवाहरूसँग उनले भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिए। उनले घाइतेहरूसँग आत्मबल नघटाउन आग्रह गर्दै सरकारले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।

दोस्रो भेट : शहीद परिवार
अस्पतालबाट बाहिरिएपछि कुलमानले आन्दोलनका क्रममा जीवन गुमाएका शहीदहरूको परिवारलाई भेटे। उहाँले परिवारजनसँग संवेदना प्रकट गर्दै भने, “शहीदको बलिदान खेर जान दिने छैनौं। ऊर्जा मात्र होइन, देशलाई स्थायित्व र प्रगतितर्फ लैजान हाम्रो दायित्व हो।”

तेस्रो चरण : क्षति भएको संरचना निरीक्षण
त्यसपछि मन्त्री घिसिङले आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाहरूको स्थलगत निरीक्षण गरे। सडक, बिजुलीका पोलदेखि सार्वजनिक भवनसम्म अवलोकन गर्दै उनले तत्काल मर्मत र पुनर्निर्माणको आदेश दिए।

अन्ततः मन्त्रालय प्रवेश
फिल्ड भ्रमणमार्फत दिनभर जनतामाझ सक्रिय बनेपछि मात्र कुलमान सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगे।

खबरपाटी
खबरपाटी