आजदेखी देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन

आजदेखी देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौ –  सरकारले चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन  गर्ने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो। 

खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन्। कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी÷प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ।

कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री सुरु गर्ने छ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी१० रुपियाँ छुट हुने छ। 

काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन्। 

खबरपाटी
खबरपाटी