बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव फेला

बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव फेला

काठमाडौँ - काठमाडौँ महानगरपालिका-७ बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको छ। 

पूर्णरूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। 

जेनजी आन्दोलनका क्रममा गत मंगलबार भाटभटेनी लगायत देशका व्यापारिक क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।

खबरपाटी
खबरपाटी