आईतबार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री सुशीला कार्कीको तयारी

आईतबार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री सुशीला कार्कीको तयारी

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आईतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका लागि नाम छनोट गर्ने काम भइरहेको र आईतबार मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उहाँ निकट स्रोतले जनाएको छ ।
यसैबीच जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि कर्मचारीहरुले नयाँ भवनमा कार्यकक्ष तयार पारिरहेका छन् ।
सिंहदरबारभित्र गृह मन्त्रालयका लागि निर्माण गरेको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माण भइरहेको हो । नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारीहरु प्रधानमन्त्रीको कार्यकक्ष निर्माणमा जुटेका छन् ।
आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका धेरैजसो मन्त्रालय परिसरमा जलेका गाडी, कागजपत्रलगायत सरसामग्री छरपस्ट छन् । 
 

खबरपाटी
खबरपाटी